• २०८१ पौष ११ बिहीबार

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रच्दै

kharibot

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एउटा अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रच्ने प्रयासमा रहेको छ ।

'पार्कर सोलार प्रोब' सूर्यको बाहिरी भाग अर्थात् यसको कोरोनामा पुग्नेछ, जहाँ यसले अत्यधिक तापक्रम र विकिरणको सामना गर्नेछ । यसले सूर्यले कसरी काम गर्छ भन्ने कुरालाई अझ राम्ररी बुझ्न मद्दत गर्नेछ भन्ने आशा गरिएको छ ।

नासाका विज्ञान प्रमुख डा निकोलाले भने- 'मानिसहरूले शताब्दीयौंदेखि सूर्यको अध्ययन गरेका छन्, तर त्यहाँ पुगेर नदेखेसम्म तपाईंले सूर्यको वरपरको अवस्थाको राम्रोसँग जानकारी पाउन सक्नुहुन्न । यसलाई भित्र राख्न गाह्रो छ । यसको मतलब जबसम्म हामी सूर्यको नजिक पुग्दैनौं तबसम्म हामी यसलाई बुझ्न सक्दैनौं ।'

पार्कर सोलार प्रोब अन्तरिक्ष यान सन् २०१८ मा प्रक्षेपण गरिएको थियो । यो अन्तरिक्ष यानले सूर्यलाई २१ पटक पार गरिसकेको छ । प्रत्येक पटक यो सूर्यको अलि नजिक गएको छ, तर क्रिसमसको पूर्वसन्ध्यामा यो अन्तरिक्ष यानले आफ्नै रेकर्ड तोड्नेछ ।

अहिलेसम्म यो सूर्यको सबैभन्दा नजिक अर्थात् ६२ लाख किलोमिटरको दुरीमा पुगेको छ । सूर्यको नजिक पुगेपछि यो यानले ९८२ सेल्सियससम्मको तापक्रम झेल्नु पर्ने हुन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय