• २०८१ पौष ११ बिहीबार

भारतीय पूर्व क्रिकेटर विनोद काम्बली अस्पतालमा भर्ना

kharibot

काठमाडौँ । भारतीय पूर्व क्रिकेटर विनोद काम्बली अस्पतालमा भर्ना भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार डिसेम्बर २१ मा उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

५२ वर्षीय काम्बलीलाई उनका एक फ्यानले अस्पतालमा भर्ना गरेका थिए, जो थाने जिल्लाको भिवंडीको काल्हेर क्षेत्रमा रहेको अस्पतालका मालिक पनि हुन् ।

विनोद काम्बलीको अवस्था स्थिर रहेको बताइएको छ । यद्यपी उनको अस्पतालमा भर्ना हुनुको कारण भने खुल्न सकेको छैन ।

अस्पतालले काम्बलीको उपचारको जिम्मा लिएको र आर्थिक सहयोग गर्ने आश्वासन पनि दिएको जनाएको छ । 

काम्बलीले लामो समयसम्म क्रिकेट खेल्न नसकेपछि रक्सिको लतमा परेको कारण उनको स्वास्थ्य बिग्रिएको थियो । उनलाई २०१३ मा दुई पटक हृदयघात भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय