काठमाडौँ । काठमाडौँको तिनकुने गैरिगाँऊस्थित आइएसएमटी कलेजले ‘आइएसएमटी एक्स्पो' मा कलेजमा आइटीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको रोबट, गेमिङ, लाइ डिटेक्टर, फ्री डिटेक्टर लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न उनीहरुको क्षमतालाई प्रदर्शन गर्न आयोजित उक्त एक्स्पोमा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले अवलोकन गर्नुका साथै विद्यार्थीहरुसँग उनीहरुको
प्रोजेक्टको बारेमा अन्तरक्रिया गर्नुको साथै उज्वल भविष्यको शुभकामना दिएका थिए । साथै उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चारहजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका थिए ।
आइएसएमटीले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्ड कै सम्बन्धनमा कलेज सञ्चालन गरि बिबिए (बिजिनेस एण्ड म्यानेजमेन्ट), बिएचएम, बीएससी आइटी (सीएसइ), बीएस्सी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।