• २०८१ पौष ८ सोमबार

हङकङबाट काठमाडौँ आउनेक्रममा नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका व्यक्तिको मृत्यु

kharibot

काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौँ आएका व्यक्तिको मृत्यु भएको छ ।

निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्‍याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए । 

जहाजभित्रै अचेत भेटिएका ताप्लेजुङका ५२ वर्षीय देउमान लिम्बूलाई आफन्तहरूले सिनामंगलमै रहेको केएमसी अस्पताल पुर्याएका थिए । निगमले भने लिम्बु के कारणले अचेत भएका थिए भन्ने स्पष्ट नभएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै