• २०८१ असार २२ शनिबार

नेपाल वायुसेवा निगमको खुद नोक्सान सबैभन्दा बढी

kharibot

काठमाडौँ । नेपाल वायुसेवा निगम सबैभन्दा बढी खुद नोक्सान भएको सार्बजनिक संस्थान बनेको छ । अर्थमन्त्रालयले सार्बजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ प्रतिवेदनअनुसार आर्थिक २०७९/८० मा सबैभन्दा बढी खुद नोक्सान नेपाल वायुसेवा निगमको रहेको छ । 

गत आर्थिक वर्षमा वायुसेवा निगमको खुद नोक्सान ६५ करोड २९ लाख ३९ हजार बराबर छ । त्यस्तै, निगमको सञ्चित नोक्सान १६ अर्ब ३७ लाख ६३ हजार बराबर छ । वायुसेवा निगम आव २०७६/७७ देखि हालसम्म निरन्तर नोक्सानमा सञ्चालित छ ।

प्रतिवेदनमा भनिएको छ- 'आव २०७८/७९ को तुलनामा खुद नोक्सान घटे तापनि संस्थानको वित्तीय अवस्था सन्तोषजनक रहेको देखिँदैन', प्रतिवेदनमा भनिएको छ, 'वित्तीय संस्थाबाट कर्जा लिइ खरिद गरिएका जहाजको साँवा र व्याज भुक्तानी गर्न समस्या हुनु, उच्च प्रशासनिक खर्च, जहाजको न्यून सञ्चालन, समयमा उडान नहुनु, व्यावसायिक योजनाको न्यून कार्यान्वयनलगायत कारणले समग्र अवस्था खस्कँदो देखिएको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै