काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौँ आएका व्यक्तिको मृत्यु भएको छ ।
निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जहाजभित्रै अचेत भेटिएका ताप्लेजुङका ५२ वर्षीय देउमान लिम्बूलाई आफन्तहरूले सिनामंगलमै रहेको केएमसी अस्पताल पुर्याएका थिए । निगमले भने लिम्बु के कारणले अचेत भएका थिए भन्ने स्पष्ट नभएको बताएको छ ।