काठमाडौँ । बलिवुड फिल्म पुष्पा-२ ले रिलिजको १६ दिनसम्म पनि बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अल्लु अर्जुन र रश्मिका मन्डनाको फिल्म ‘पुष्पा २’ ले भारतीय बक्स अफिसमा १००० करोडको आँकडा पार गरेको छ । यो कोसेढुङ्गा हो जुन धेरै कम फिल्मले हासिल गरेका छन् तर सुकुमारको फिल्मले मात्र १६ दिनमा हासिल गरेको छ ।
‘पुष्पा २’ ले भारतमा १६औँ दिन करिब १३ करोड ७५ लाख भारु कमाएको छ । फिल्मले १६ दिन बितिसक्दा पनि बक्स अफिसमा दोहोरो अंकको कमाई गरिरहेको छ ।
‘पुष्पा २’ ले रिलिज भएको १६औं दिन अर्थात तेस्रो शुक्रबार १३.७५ करोड भारु कमाएको छ । यसले तेलुगुमा २.४ करोड, हिन्दीमा ११ करोड, तमिलमा ३० लाख, कन्नडमा ३ लाख र मलायालममा २ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
अब १६ दिनपछि ‘पुष्पा २’ को कुल बक्स अफिस कलेक्सन करिब १००४.३५ करोड पुगेको छ । यसले तेलुगुमा २९७.८ करोड, हिन्दीमा ६३२.६ करोड, तमिलमा ५२.८ करोड, कन्नडमा ७.१६ करोड र मलयालममा १३.९९ करोड कमाएको छ।
‘पुष्पा २’ हाल भारतको दोस्रो धेरै कमाउने फिल्म हो । प्रभासको ‘बाहुबली २’ अझै पनि पहिलो नम्बरमा छ, जसले भारतमा करिब १०३०.४२ करोड कमाएको थियो । ‘पुष्पा २’ ले १६ दिनमै १००४.३५ करोड कमाएको छ । यस्तो अवस्थामा ‘बाहुबली २’ लाई उछिन्दै सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेर अब केहि दिनमा नै पुष्पा-२ ले इतिहास बनाउने देखिएको छ ।