काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका नेताहरुलाई जिम्मेवारी दिएको छ ।
गत असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरुलाई अहिले जिम्मेवारी दिइएको हो । मंसिर २६ गतेदेखि एक साता चलेको स्थायी कमिटी बैठकले नेताहरुको कार्य विभाजन गरेको हो ।
नयाँ कार्य विभाजन अनुसार उपमहासचिव राजेन्द्र राईलाई कोशी इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती इन्चार्ज, सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, उपमहासचिव मेटमणि चौधरीलाई लुम्बिनी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्ज र उपाध्यक्ष जानुभक्त जोशीलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभागको प्रमुखको जिम्मेवारी दिइएको छ भने बरिष्ठ नेताहरु बेदुराम भुसाललाई संगठन विभाग र प्रमेश हमाललाई विदेश विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा फाँट प्रमुखको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष जगनाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला र उपाध्यक्ष जयन्ती राईलाई अनेम संघ इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी महासचिव घनश्याम भूसाललाई पार्टी कामको अनुगनमनको जिम्मेवारी दिइएको छ भने उपमहासचिव गरिमा शाहलाई संसदीय फाँट र अर्का उपमहासचिव रामकुमार भट्टराईलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी लक्ष्मण केसीलाई युवा विभाग र रामकुमारी झाँक्रीलाई विद्यार्थी विभागको जिम्मेवारी दिइएको छ ।
एकीकृत समाजवादीले शुक्रबार बैठकका पुरा निर्णय बारे जानकारी दिने भएको छ ।