काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्यहरुको कार्यविभाजन आज हुदै छ ।
केन्द्रिय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट शुरु भएको पार्टी स्थायी कमिटिको बैठकले आज नेताहरुको कार्यविभाजन गर्ने भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
उनकाअनुसार आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने जानकारी दिएका हुन् ।
आजको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिने भएको छ ।