• २०८१ पौष १ सोमबार

प्रधानसेनापति सिग्देल भारतको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

kharibot

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानसेनापति अशोक राज सिग्देल भ्रमण सम्पन्न आज स्वदेश फर्किएका छन् ।

प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको नेपाली सेनाले जनाएको छ ।

भारत भ्रमणको क्रममा यही मंसिर २७ गते प्रधान सेनापति महारथी सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिईन् ।

भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी सिग्देल भारतको देहरादुनस्थित भारतीय सनिक एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

प्रधान सेनापति महारथी सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको पनि नेपाली सेनाले जारी गरेको विज्ञप्तीमार्फत जनाईएको छ ।

सोही अवसरमा उनले भारतीय सेनाको साउथर्न कमाण्ड अन्तर्गतका एयर फोर्स स्टेसन, टाटा एडभान्स सिस्टम लिमिटेड लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरेका थिए ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै