• २०८१ मङ्सिर ३० आइतबार

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी

kharibot

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्।

यद्यपि, मधेस प्रदेशका केही जिल्लाको मतगणना तथा रुजु कार्य बाँकी रहेकाले औपचारिक रूपमा विजयी घोषणा भने हुन बाँकी छ।

शर्माले निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई एक हजार १४४ मतले पछि पारेकी छिन्। महासङ्घको ६९ वर्षे इतिहासमा अध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला बन्ने निश्चित भएको छ।

पछिल्लो मत परिणामअनुसार शर्माले ३ हजार ९७३ मत प्राप्त गरेकी छिन् भने विष्टले २ हजार ८२९ मत ल्याएका छन्।

शर्माले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । अन्य पदाधिकारीतर्फ पनि शर्माको प्यानलले अग्रता कायम राखेको छ ।

शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, नीतु पण्डित महासचिवमा रामप्रसाद दाहाललगायतका उम्मेदवारहरू अगाडि रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै