• २०८१ मङ्सिर ३० आइतबार

कम्बोडिया–भैरहवा सिधा उडानको प्रस्ताव

kharibot

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।  

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।  

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतबारे समेत जानकारी गराएका थिए ।  

यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने, पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरु र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने  विषयमा  पनि दुई मन्त्रीबीच छ्लफल भएको थियो ।  

यस्तै दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।  

यस्तै पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबीच चर्चा भएको थियो । संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै