• २०८१ मङ्सिर ३० आइतबार

फिल्म ‘कार्साङ’मा हास्य भूमिकामा जितु

kharibot

काठमाडौं । सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हास्य भूमिकैमा देखिए । तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिका देखिए । तर, सहायक भूमिकामा भने उनले कमेडी भूमिका नै पाउँदै आएका छन् ।

दयहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा उनको चरित्र कस्तो छ ? यो चलचित्रमा जितु दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ ।

‘कार्साङ’मा जितुको जोडी दयाहाङसँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

बच्चा नभएको दोस एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या को मा छ भन्ने हालसम्म खुलेको छैन । यसमा उनले दर्शकलाई हसाउनेछन् । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन् ।

यसअघि दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा थिए । यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्कीएका हुन् ।

यसैबीच, ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेकोछ । पूर्वी नेपालबाट चलचित्रको प्रचार सुरु गरेको हो । चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।

आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन् । यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुने निर्माणपक्षले जनाएको छ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै