काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत नेपाली सिरियामा खटिएका शान्ति सैनिकको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
सिरियामा विगत केही दिनदेखि विकसित घटनाक्रम अन्तर्गत मंसिर २२ गते संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदार स्थित १०-ए सुरक्षा पोष्टमा हतियारधारी समूह शान्ति सैनिकको चेतावनीका बाबजुद जबरजस्ती प्रवेश गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
उक्त सुरक्षा पोष्ट लगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकहरूको अवस्था सामान्य भने सामान्य रहेको छ ।