• २०८१ मङ्सिर २० बिहीबार

म्यानमारका सैन्य नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न अपिल

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का मुख्य अभियोजक करिम खानले म्यानमारका सैन्य नेता मिन आङ ह्लिङविरुद्ध पक्राउ पुर्जी जारी गर्न अपिल गरेका छन् ।

मिन आङमाथि अल्पसंख्यक रोहिंग्या मुस्लिमहरूविरुद्ध हिंसा, उत्पीडन र मानवता विरुद्धको अपराधको आरोप छ । जसका कारण लाखौं रोहिंग्याहरु बंगलादेश पलायन हुन बाध्य भएका छन् ।

करीम खानले रोहिंग्याविरुद्धको हिंसालाई सामूहिक हत्या, बलात्कार र बस्तीहरूको विनाश सहित जातीय सफायाको रूपमा चित्रण गरेजा छन् । उनले छिट्टै म्यानमारका अन्य नेताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने घोषणा गरे ।

सन् २०२१ मा म्यानमारमा आङ सान सुकीलाई सत्ताच्युत गरेर मिन आङ ह्लिङले सत्ता कब्जा गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै