• २०८१ बैशाख १५ शनिबार

म्यानमारमा नौ हजारभन्दा बढी कैदीलाई माफी

kharibot

याङ्गुन । म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ ।

म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानूनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ ।

गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५ औँ वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थियो ।

सन् २०२३ अगष्ट १ मा म्यान्माको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै