• २०८१ बैशाख १५ शनिबार

म्यानमार बन्यो अफिम धेरै उत्पादन गर्ने देश

kharibot

काठमाडौँ । अफगानिस्तानलाई पछि पार्दै म्यानमार अफिम उत्पादनमा विश्वमा पहिलो देश बनेको छ ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार यो वर्ष म्यानमारमा अफिम उत्पादन ३६ प्रतिशतले बढेर १ हजार ८० टन पुग्ने सम्भावना रहेको छ । उही समयमा, अफगानिस्तानमा ३३० टन उत्पादन भएको रिपोर्ट छ ।

गत वर्ष तालिबानले प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा अफिम खेती ९५ प्रतिशतले घटेको छ । यसैबीच, म्यानमारमा चलिरहेको गृहयुद्धका कारण अफिम खेती लाभदायक भएकाले तीव्र गतिमा बढेको छ ।

यस प्रतिवेदनका लेखक जेरेमी डगलसले भने- 'फेब्रुअरी २०२१ मा भएको सैन्य विद्रोहपछिको आर्थिक, सुरक्षा र प्रशासनिक अवरोधहरूले अझै पनि दुर्गम क्षेत्रका किसानहरूलाई बाँच्नको लागि अफिमतर्फ लाग्न प्रेरित गरिरहेको छ ।'

अफिम मुख्यतया विश्वभर हेरोइन नामक नशालु पदार्थ बनाउन प्रयोग गरिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै