• २०८१ पौष २१ आइतबार

वात्सल्य नेचुरल आइभिएफको पोखरामा नयाँ क्लिनिक संचालन

kharibot

पोखरा । वात्सल्य नेचुरल आइभिएफ प्रा.लिले पोखरामा वात्सल्य पोखरा क्लिनिक संचालनमा ल्याएको छ ।

कास्की र आसपासका जिल्लाहरुमा वात्सल्यको सेवाको आवश्यकता रहेका परिवारहरुलाई सहज प्रजनन सेवा प्रदान गर्ने उद्धेश्यले क्लिनिकको स्थापना गरिएको हो । पोखरा स्थित क्लिनिकबाट आईयूआई (इन्ट्रा युटेराइन इन्सेमिनेसन) सेवा उपलब्ध हुनुको साथै प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवुलेसन इन्डकसन, जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिनेछ ।

पोखरा स्थित क्लिनिकको उद्धघाटन समारोहमा आयोजित विज्ञसँग निसन्तानपनको बुझाइ चुनौती र समाधान शीर्षकमा विशेष छलफल भएको थियो । प्रजनन विशेषज्ञ डा. आकृति भारती, मनोचिकित्सक डा. निर्मल लामिछाने, अभिनेत्री प्रियंका कार्की, र मिस नेपाल २०२४ आश्मा कुमारी केसी सहभागी थिए । 

प्रजनन विशेषज्ञ डा. आकृति भारतीले आईभीएफलाई समाजले हेर्ने दृष्टिकोणमा उल्लेख्य परिवर्तन भएको बताउँदै भनिन्- 'समाजमा आईभीएफ र प्रजनन उपचारलाई लिएर एक सकारात्मक सोचको विकास भएको छ । यसले परिवारको आवश्यकतामा मद्दत पुर्याउँछ ।' 

मनोचिकित्सक डा.निर्मल लामिछानेले यस प्रक्रियामा मनोवैज्ञानिक समर्थनको महत्त्वलाई जोड दिँदै भने, 'बाँझोपनको समस्याबाट गुज्रिरहेका दम्पतीलाई भावनात्मक र मनोवैज्ञानिक सल्लाह र समर्थन आवश्यक छ । जसको समाधान, विकल्प सँगै परामर्श महत्वपूर्ण हुन्छ ।'

अभिनेत्री प्रियंका कार्कीले यस विषयमा समाज खुला कुरा गर्नु महत्वपूर्ण रहेको बताउँदै  निसन्तानपन , आइभिएफका विषयमा जति कुरा गर्यो उति सहज हुने बताउनुभयो । मिस नेपाल २०२४ आश्मा कुमारी केसीले आमा बन्ने समय, उमेरसँगै एग फ्रिजिंग बारेमा सहउमेरका साथीमाझ कुराकानी हुन सामान्य भैसकेकाले अनुभव छलफलका क्रममा सुनाइन । 

कास्की र यस आसपसका जिल्लामा वात्सल्य पोखरा क्लिनिकको सेवाको खाँचोमा रहेका परिवारहरु पोखरामा क्लिनिकको स्थापना पछि लाभान्वित हुनुको साथै निःसन्तानपन समस्याको निदान सहित विज्ञ स्वास्थ्यकर्मीबाट विश्वस्तरीय सेवा प्रदान गरिनेछ । काठमाडौं नक्सालस्थित वात्सल्य नेचुरल आइभिएफ  सहित ललितपुर, भक्तपुर, बुटवल, चितवन र नेपालगञ्जबाट वात्सल्य क्लिनिक मार्फत सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै