• २०८१ असोज २६ शनिबार

पाकिस्तानविरुद्ध इङल्याण्डको इनिंग र ४७ रनको जित

kharibot

काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ ।

टेस्टको पाँचौं दिन शुक्रबार पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २२० रनमा अल आउट भएपछि इङल्याण्ड इनिंग र  ४७ रनले विजयी भएको हो ।

यस टेस्टमा पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ५५६ रन बनाएको थियो भने इङल्याण्डले शानदार जवाफ दिदै ७ विकेट गुमाएर ८२३ रन बनाएर इनिंग घोषणा गरको थियो ।

यस टेस्टमा पाकिस्तानका अब्दुल्लाह शफिक, शान मसूद र सलमान अघाले शतक प्रहार गरेका थिए भने इङल्यान्डका जो रुटले २६२ र ह्यारी ब्रुकले ३१७ रनको इनिंग खेलेका थिए ।

साथै यो जितपछि इङल्याण्डले कयौं किर्तिमान समेत बनाएको छ । इङल्याण्डले सन् १९७६ पछि पहिलो पटक एशियामा आएर टेस्ट खेल इनिंगले जितेको छ ।

योजितपछि इङल्याण्ड ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट अक्टोबर १५ देखि हुने छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै