• २०८१ असोज १८ शुक्रबार

रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा

kharibot

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मुग्लिनमा कालोझण्डा देखाईको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन पुगेका लामिछानेलाई सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

लामिछानेले सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाउदै नाराबाजी गरेका थिए । नाराबाजी हुदै गर्कादा प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्य तर्फ पठाएको बताएको छ । 

लामिछानेले सहकारीबाट गोरखा मिडियामा गएको रकमको दुरुपयोग गरेको संसदि छानबिन विशेष समितिले दोषी ठहर गरेको छ । लामिछानेले आजको सार्बजनिक सुनुवाईमा आफुले सहकारी ठगि नगरेको दोहोराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै