• २०८१ असोज १८ शुक्रबार

बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज

kharibot

काठमाडौँ । बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् । 

आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट निस्किएपछि उनले मिडिया र फ्यानलाई हात जोडेर कृतज्ञता व्यक्त गरेका थिए । उनले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । चिकित्सक, प्रहरी, प्रशासन । मेरो लागि प्रार्थना गर्ने र धेरै माया गर्नुहुने सम्पुर्णमा धन्यवाद । म अहिले ठीक छु, सुरक्षित छु ।'

गत मंगलबार गोविन्दा मुम्बईको जुहुस्थित आफ्नै निवासमा आफ्नै लाइसेन्स रिभल्भरको गोली लागेर घाइते भएका थिए । उनलाई मंगलबारदेखि अस्पतालमा भर्ना गरिएको थियो । 

गोविन्दालाई ह्वील चेयरमा बाहिर ल्याइएको थियो । यस क्रममा उनले फ्यानलाई हाँसेर मुस्कुराउँदै भेटेका थिए । गोविन्दालाई चिकित्सकहरुले छ हप्ता आराम गर्न सल्लाह दिएको बताइएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै