• २०८१ असोज १८ शुक्रबार

महिला टी-२० विश्वकपमा पाकिस्तानले विजयी शुरुवात

kharibot

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपमा पाकिस्तानले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ११७ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै ८५ रन मात्र बनाएको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ११६ रन बनाएको थियो ।

विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच अपराहन्न ३: ४५ बजेदेखि दुबईमा हुने छ भने दोस्रो खेल भारत र न्यूजील्याण्डबीच दुबईमै रति ७: ४५ बजेदेखि शुरु हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै