• २०८१ पौष २ मंगलबार

फिफा क्लब विश्वकपको समुह बिभाजन, कुन कुन क्लब खेल्दै छन् ?

kharibot

काठमाडौँ । आगामी बर्ष हुने फिफा क्लब विश्वकपको समुह विभाजन भएको छ ।

आगामी जुन १५ देखि जुलाई १३ सम्म अमेरिकामा आयोजना हुने क्लब विश्वकपमा फिफाका विभिन्न ६ कन्फेडेरेसनका ३२ क्लबले भाग लिदै छन् । फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गरेर थप प्रभावकारी बनाउन यस पटक देखि नयाँ  स्वरूपमा खेलाउदै छ ।

समुह ए

पाल्मेइरास
पोर्टो
अल अहली 
इन्टर मियामी 

समुह बी 

पिएसजी
एटलेटिको म्याड्रिड
वोटाफोगो
सेटल सन्डर्स एफसी

समुह सी 

बायर्न म्युनिख
अकल्याण्ड सिटी
बोका जुनियर्स
बेनिफिका

समुह डी

फ्लामेन्गो
एसपेरियन्स डी टुनिस
चेल्सी
लियोन

समुह इ

रिभर प्लेट 
उर्वा रेड डायमण्ड
मोन्टेरे
इन्टर मिलान

समुह एफ 

फ्लुमिनेनसे 
बोरुसिया डोर्टमण्ड
उल्सान एचडी
मामेलोडी सन्डाउन्स

समुह जी

म्यानचेस्टर सिटी
विडाड एसी
अल ऐन
युभेन्टस

समुह एच

रियल म्याड्रिड
अल हिलाल
पाचुका
रेड बुल साल्जबर्ग

फिफा क्लब विश्वकपका हरेक समुहका विजेता र उपविजेता नकआउट चरणमा पुग्ने छन् । त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल, हुदै फाइनल खेल खेलिने छ । प्रतियोगिताको फाइनल खेल जुलाई १३ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै