• २०८१ असोज ४ शुक्रबार

भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने

kharibot

काठमाडौँ । बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले वेब सिरिज 'हिरामाण्डी: द डायमण्ड बजार' को सफलतापछि नयाँ फिल्मको तयारी शुरु गरेका छन् ।

भन्सालीले नयाँ फिल्म 'लभ एन्ड वार' को घोषणा गरिसकेका छन् र यस फिल्मका लागि रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल जस्ता स्टारहरूलाई लिने तय गरिसकेका छन् । यो फिल्म सन् २०२६ मा हलमा रिलिज हुनेछ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्म आगामी अक्टोबर २४ मा फ्लोरमा जानेछ र त्यससँगै पहिलो शेड्युल सुरु हुने बताइएको छ ।

सञ्जय लीला भन्सालीको फिल्मको भव्यतालाई ध्यानमा राखेर यो ठूलो शेड्युल लामो हुने बताइएको छ । ‘लभ एन्ड वार’ भंसालीसँग विक्की कौशलको पहिलो सहकार्य हुनेछ, जबकि रणवीर कपूर र आलिया भट्ट यसअघि निर्देशकसँग काम गरिसकेका छन्।

रणबीरले भन्सालीको 'सावरिया' (२००७) बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए र आलियाले २०२२ मा 'गंगुबाई काठियावाडी' मा अभिनय गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै