• २०८१ असोज १ मंगलबार

ओलीले समाजवादको भाष्य बिगारे- महासचिव भुसाल

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीले समाजवादको भाष्य बिगारेको आरोप लगाएका छन् ।

शनिबार हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महासचिव ओलीले समाजवादलाई चुचे रेल र टावरसँग जोडेर गलत भाष्य निर्माण गरेको  आरोप लगाएका हुन् । 

उनले भने- ‘हाम्रो समाजवादको भाष्यलाई सबैभन्दा बढ्ता त ओलीजीले नै बिगार्दिनुभयो । चुच्चे रेल आउँछ, यो काठमाडौंमा दुई वर्षमा आउन्छ, अर्को वर्ष वेणी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर यो चुच्चे रेलसँग, टावरसँग, केसँग–केसँग यो भाष्य बिगार्दिनुभयो ।'

आफू मन्त्री भएको बेला तत्कालीन प्रधानमन्त्री ओलीले गरेको भाषण स्मरण गराउँदै उनले ‘के रोप्ने हो, कहाँ रोप्ने हो ? कस्तो बिउ रोप्ने ?’ लगायतका कुराहरु बिर्सिएर ओलीले ‘रोपे फलिहाल्छ नि’ भन्ने गरेको सुनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै