• २०८१ माघ ३ बिहीबार

रुसको जेलमा कैदीहरुको विद्रोह, जेलका चार कर्मचारीको मृत्यु

kharibot

काठमाडौँ । रुसको एक जेलमा कैदीहरूले विद्रोह र बन्धक बनाउन खोज्दा चार जेल कर्मचारीको मृत्यु भएको छ ।

यो घटना दक्षिण-पश्चिमी भोल्गोग्राद क्षेत्रमा अवस्थित आइके-१९ सुरोभिकिनो जेलमा भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कारागारका कर्मचारीको मृत्युपछि चक्कु हल्लाउँदै कैदीहरूले आफू इस्माइली स्टेट (आइएस) का आतंकवादी भएको दाबी गर्दै जेल परिसर कब्जा गर्ने कुरा गरेका छन् । यसपछि जेलमा विशेष सुरक्षा बल पठाइएको छ ।

रुसी अधिकारीहरूले सुरक्षा बलहरूले सबै बन्दीहरूलाई रिहा गरिसकेका छन् र आक्रमणकारीहरू मारिएको बताएका छन् । 

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट तस्बिरमा, एक कैदीले रगतले लतपतिएको गार्डलाई चक्कु देखाएको देख्न सकिन्छ । रुसको रोजग्भार्डिया नेशनल गार्डले उद्धार कार्यका क्रममा चार आक्रमणकारीलाई स्नाइपरले गोली हानेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै