• २०८१ भदौ २८ शुक्रबार

सूर्यदर्शन सहकारीका पूर्वसचिव पक्राउ

kharibot

पोखरा । पोखरास्थिति सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव अनुज नकर्मी पक्राउ परेका छन् ।

बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी ठगी गरेको अभियोगमा नकर्मीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई गत शुक्रबार काठमाडौंको दक्षिणालीबाट पक्राउ गरेर कारबाहीको लागि कास्की पुर्याइएको थियो ।

नकर्मीलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । सूर्यदर्शनका अध्यक्ष जीबी राई भने अहिलेसम्म फरार छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै