• २०८१ असोज २ बुधबार

सांसद चौधरीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

टेलिभिजन अन्तर्वार्तामा चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भएको टिप्पणी गरेपछि पार्टीले स्पष्टीकरण सोधेको हो ।

पार्टीका महासचिव घनश्याम भुसालले तीन दिनभित्र मुलुकको अखण्डताविरुद्ध बोलेको विषयमा स्पष्टीकरण सोधेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै