• २०८१ असोज २ बुधबार

धनराज बारे काँग्रेसको निष्कर्ष- डिभोर्स संसदमा बहसको विषय हुदैन, सहकारी प्रकरणमा छानबिन हुनुपर्छ

kharibot

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङले कानुनी रुपमा गरेको सम्बन्ध विच्छेदको विषय संसदमा बहसको विषय हुन नसक्ने निष्कर्ष निकालेको छ । 

बुधबार बिहान पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले गुरूङको डिभोर्सबारे संसदमा बहसको विषय नहुने निष्कर्ष निकालेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

घिमिरेले कानुनीरुपमा डोभर्स भइसकेपछि त्यो सक्कली हो या नक्कली भनेर विषय उठान गर्नु अनुचित हुने बताउदै सहकारीको रकम अपचलन गरेको  विषयमा भने गुरूङमाथि छानबिन गर्न कांग्रेस तयार रहेको बताए । 

उनले भने- 'गुरुङको डिभोर्स कानु्नीरुपमा २०७६ सालमा भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर संसदमा उठाउनु त्यो संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा छ,'उनले भने,'सहकारीको विषयमा भने गुरूङमाथि छानबिन हुनसक्छ।'

धनराज र उनकी श्रीमती ज्योतिमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै