• २०८१ असोज २ बुधबार

फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक

kharibot

काठमाडौँ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ ।

कृष्ण भारद्वाजको संगीत तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी (घायल) र नवीन बिकको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र साइराज खातीको गायन छ ।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका शीर्ष अभिनेता विपिन कार्की, अभिनेत्री पूजा चन्दसहितका कलाकारहरु नृत्य गर्दै प्रस्तुत छन् । गीतको सेटअपले बिहेको माहोल दर्शाउँछ । विपिन र पूजा श्रीमान्-श्रीमतीको रुपमा देखिएका छन् ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विपिन अर्धवैसे र जवान गरी दोहोरो भूमिकामा छन् । फिल्ममा वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ ।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’मा अनिल पाण्डे र शिवराज कार्की निर्मातामा छन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन तथा अजय खड्काको सम्पादन छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै