• २०८१ भदौ २३ आइतबार

बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो- पाण्डे

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबि गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खासगरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको दाबि गरेका छन् । 

पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धि काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरतापुर्वक लिन आग्रह गरेका छन् । 

उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको दाबि गर्दै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको दाबि गरे ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै