• २०८१ बैशाख २४ सोमबार

इजिप्टका मोहमद सलाह उरुग्वेविरुद्धको खेलमा प्लेइङ ११ मा परेनन्

kharibot

काठमाडौँ । इजिप्टका सुपरस्टार फुटबलर मोहमद सलाह आज हुने उरुग्वेविरुद्धको खेलमा प्लेइङ ११ मा परेका छैनन् । सलाह इजिप्टको सबस्टिच्युटको सुचिमा रहेका छन् ।

इजिप्टको टोलीमा अलि गबर, अहमद हेगाजी, अहमेद फथी, मोहमद अब्दुल शफी, मोहमद एलने तरेक हमेद, अमर वार्दा, अब्दाल्ला एल सैड, ट्रेजेगुएट, मार्वन मोहेन र गोल किपरमा मोहमद एल शेनावी रहेका छन् ।  

यस अघि शुक्रबार हुने खेलमा सलाह खेल्ने जानकारी इजिप्टका म्यानेजर हेक्टर कुपरले दिएका थिए । विहिबार भएको पत्रकार सम्मेलनमा बोल्दै म्यानेजर कुपरले सलाह लगभग सतप्रतिशत फिट भएको र उरुग्वेविरुद्धको खेलमा खेल्ने बताएका थिए । उनले भने, ‘मोहमद सलाहले राम्रो गरिरहेको बताउदै उनले धेरै छोटी इन्जुरीबाट रिकभर गरेका छन् । हामीले आज उनको अवस्था बारे हेर्छौ । म लगभग सत प्रतिशत विस्वास दिलाउन चाहन्छु की उनि उरुग्वेविरुद्धको खेल खेल्ने छन् ।’

यस सिजनको प्रिमियर लिगका उच्च गोलकर्ता सलाह च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै