• २०८१ बैशाख २३ आइतबार

मोहमद सलाहलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना संक्रमण भएको छ । इजिप्टको फुटबल एसोसिएसनले सलाहलाई कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

हाल इजिप्टको अन्तर्राष्ट्रिय टिमसँग रहेका सलाह कोरोना पुष्टि हुनासाथ सेल्फ आइसोलेसनमा रहेको एसोसिएसनले जानकारी गराएको छ ।

एसोशियसनले सलाहलाई कुनै लक्षण नभएको भन्दै टिमका अन्य सदस्यको भने रिपोर्ट निगेटिभ आएको जानकारी दिएको छ ।

सलाह अहिले मेडिकल प्रोटोकल अनुसार नै डाक्टरको निगरानीमा रहेको एसोसिएसनले बताएको छ ।

सलाहलाई कोरोना पुष्टि भएपछि लिभरपुललाई थप धक्का लागेको छ । लिभरपुल डिफेन्डर भिगिल भान डिक, त्यस्तै ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड इन्जुरीका कारण टिम बाहिर रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै