• २०८१ बैशाख २३ आइतबार

मोहमद सलाह थप तीन बर्ष लिभरपुलमै रहने

kharibot

काठमाडौँ । इजिप्टका फरवार्ड मोहमद सलाहले लिभरपुलमा तीन बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

सलाहले लिभरपुलमा पाँच बर्षको सम्झौता सकिएपछि अर्को तीन बर्षको सम्झौता गरेका हुन् । नयाँ सम्झौतापछि सलाह अब लिभरपुलमा २०२५ को जुन सम्म रहने छन् । लिभरपुलमा सलाहले नयाँ सम्झौतापछि प्रतिसाता करिब ४ लाख पाउण्ड पारिश्रमिक पाउने बताइएको छ ।

३० बर्षिय सलाह २०१७ देखि अहिलेसम्म लिभरपुलमा पाँच सिजन खेलेका छन् । यसक्रममा उनले २५४ खेल खेल्दै लिभरपुलका लागि १५६ गोल गरेका छन् ।

उनी लिभरपुलमा खेल्दै २०१७-१८ र २०२१-२२ सिजनका लागि प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका थिए । भने लिभरपुललाई २०१९-२० को प्रिमियर लिग र २०१८-१९ को च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै