• २०८१ बैशाख २४ सोमबार

विश्वकपका लागि मोहमद सलाह फिट, इजिप्टका म्यानेजर भन्छन् – उरुग्वेविरुद्ध सलाह खेल्छन्   

kharibot

काठमाडौँ । इजिप्टका सुपरस्टार फुटबलर मोहमद सलाह विश्वकपमा इजिप्टको उरुग्वेविरुद्धको पहिलो खेलमा खेल्ने भएका छन् ।

शुक्रबार हुने खेलमा सलाह खेल्ने जानकारी इजिप्टका म्यानेजर हेक्टर कुपरले दिएका छन् । आज भएको पत्रकार सम्मेलनमा बोल्दै म्यानेजर कुपरले सलाह लगभग सतप्रतिशत फिट भएको र उरुग्वेविरुद्धको खेलमा खेल्ने बताएका छन् ।

उनले भने, ‘मोहमद सलाहले राम्रो गरिरहेका छन् । वास्तवमा उनले धेरै छोटी इन्जुरीबाट रिकभर गरेका छन् । हामीले आज उनको अवस्था बारे हेर्छौ । म लगभग सत प्रतिशत विस्वास दिलाउन चाहन्छु की उनि उरुग्वेविरुद्धको खेल खेल्ने छन् ।’

यस सिजनको प्रिमियर लिगका उच्च गोलकर्ता सलाह च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै