• २०८१ बैशाख २३ आइतबार

लिभरपुलले विजयी शुरुवात, मोहमद सलाहले गरे ह्याट्रिक

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमद सलाहले ह्याट्रिक गरेका छन् । सलाहले दुई गोल पेनाल्टीमा हानेका थिए । त्यस्तै अर्को गोल भर्गिल भान डाइकले गरेका थिए ।

त्यस्तै लिड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउज क्लीचले एक एक गोल गरेका थिए ।

निकै प्रतिष्पर्धात्मक खेलमा खेलको ८८औ मिनेटमा लिभरपुलले पेनाल्टी पाएपछि खेलमा अग्रत लिएको थियो । प्रिमियर लिगमा प्रमोट भएर आएको लिड्सले लिभरपुललाई पुरै खेलभर कडा टक्कर दिएको थियो ।

प्रिमियर लिगमा लिभरपुलले अब अर्को खेल चेल्सीसँग सेप्टेम्बर २० मा खेल्दै छ । त्यस्तै लिड्सले भने सेप्टेम्बर १७ मा ईएफएल कप अन्तर्गत हलसिटीविरुद्ध खेल्ने छ भने प्रिमियर लिग अन्तर्गत सेप्टेम्बर १९ मा फुलह्यामसँग खेल्ने छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै