• २०८१ असार १० सोमबार

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा विजयी

kharibot

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछाले ३८४ प्राप्त गर्दै विजयी भए भने उनका प्रतिष्पर्धी हीरा एसीले २०२ मत प्राप्त गरेका छन् । काउछा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् ।

गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा ६१३ प्रतिनिधि सहभागी भएका थिए भने ५९५ जनाले मतदानमा भाग लिएका थिए ।

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै