• २०८१ जेठ १९ शनिबार

एमाले भक्तपुरमा महेश बस्नेतको प्यानलविरुद्ध अर्को सशक्त प्यानल !

kharibot

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनमा पार्टीका युवा नेता महेश वस्नेतको प्यानलविरुद्ध अर्काे सशक्त प्यानल खडा भएको छ ।

दुईदिने अधिवेशनको अन्तिम दिन शुक्रबार पार्टी पोलिटव्युरो सदस्य महेश वस्नेत र वर्तमान अध्यक्ष तथा उपाधयक्षको संयुक्त प्यानल गरी दुई वटा प्यानलले उम्मेदबारी दर्ता भएको छ । निर्वाचन साँझ सात बजेबाट सुरु गर्ने तालिका छ । नौ बजेभित्र मतदात सकाउने र मतगणणा आजै हुने जनाइएको छ । मेशिनले मतगणणा हुने भएकाले निर्धारित समयमा मतदान हुन सके परिणाम आजै सार्वजनिक हुनेछ । 

विशेष गरेर एमाले भक्तपुरमा हालीमुहाली चलाइरहेका पूर्वमन्त्री, पूर्व सासद् एवं पार्टी केन्द्रिय सदस्य महेश वस्नेत र उनीविरुद्धको गरी दुई वटा प्यालनले उम्मेदबारी दर्ता गराएका छन् । 

वस्नेतले पार्टी जिल्ला सचिव मोहनवीर श्रेष्ठको अध्यक्षतामा प्यानल तयार पारेका हुन् । वस्नेतको प्यानलबाट अध्यक्षमा वर्तमान सचिव श्रेष्ठ, उपाध्यक्षमा बागमति प्रदेशमा भक्तपुर क्षेत्र नं २ ख बाट प्रदेश सदस्य रहेका किरण थापा, सचिवमा सम्भुप्रसाद दाहाल र दुई जना उपसचिवमा राजकुमार जोशी (सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष) र उतरा नेपाल (मध्यपुर थिमि नगरपालिकाको उपमेयरका उम्मेदबार पराजित) रहेका छन् । उता त्यसको विरुद्धको प्यानलमा वर्तमान पार्टी अध्यक्ष वचन देउजा, वर्तमान पार्टी उपाध्यक्ष बासुदेव थापा (सूर्यविनायक नगरपालिकाका मेयर)को उम्मेदबारी परेको हो । वर्तमान अध्यक्ष÷उपाध्यक्षको नेतृत्वको प्यानलमा अध्यक्षमा वचन देउजा नै, उपाध्यक्ष वर्तमान उपाध्यक्ष बासुदेव थापा नै, सचिवमा विष्णु तामाङ र दुईजना उपसचिवमा सानुकाजी कायष्ठ (सूर्यविनायक नगरपालिका वडा नं १ का वडा अध्यक्ष) र सुचित्रा श्रेष्ठलगायतको प्यानल रहेको छ । 

वचन देउजालाई अध्यक्ष बनाउन महेश वस्नेत तथा पूर्व जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको प्यानलबाट खासै असहमति थिएन । तर उपाध्यक्षमा वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा हटोस् भन्ने चाहना हो । यस हिसावले खासमा द्धन्द्ध महेश वस्नेत र वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाबीच नै हो । महेश वस्नेत थापालाई माइनस गर्न चाहन्छन् तर अध्यक्ष देउजा थापालाई नै उपाध्यक्ष बनाउन चाहन्छन् । यही द्धन्द्धमा दुईवटा प्यानल खडा भएको बताइएको छ । 

अधिवेशनमा जिल्लाका चार नगरपालिकाहरुबाट कुल चार सय ९८ मतदाता रहेका छन् । त्यसमध्ये सूर्यविनायक नगरपालिकाबाट एक सय ३१, चाँंगुनारायण नगरपालिकाबाट ७२, मध्यपुर थिमि नगरपालिकाबाट ५१ र भक्तपुर नगरपालिकाबाट १६ जना रहेका छन् । यसबाहेक जनवर्गीयलगायतका विभिन्न समितिहरुबाट मतदाता अधिवेशन प्रतिनिधि रहेका छन् । पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएको थियो । अधिवेशन भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा भइरहेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै