• २०८१ असार ६ बिहीबार

च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् ।

इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ ।

रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

यस अघि सबैभन्दा बढी १४ पटक च्याम्पियन्स लिग जितेको रियल म्याड्रिड आफ्नो १५औं उपाधिका लागि फाइनल खेल्दै छ । रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमा १८औं फाइनल खेल्दै छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।

रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।

त्यस्तै डोर्टमण्ड भने तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै