• २०८१ असार ६ बिहीबार

प्रिमियर लिगमा फर्किए यी तीन क्लब

kharibot

काठमाडौँ । यस सिजनमा तीन क्लब लेस्टर सिटी आइपीएस टाउन र साउथहम्पटन प्रिमियर लिगमा फर्किएका छन् ।

गएराती सम्पन्न प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै साउथहम्पटन प्रिमियर लिगमा फर्किएको हो । साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहदै रेलिगेसनमा परेको थियो ।  

त्यसै गरि यस सिजनको च्याम्पियनसिपमा शिर्ष स्थानमा रहदै लेस्टर सिटी प्रिमियर लिगमा फर्किएको छ । लेस्टर सिटीले २०१५-१६ सिजनको प्रिमियर लिग जितेको थियो । लेस्टर गत सिजन रेलिगेसनमा परेको थियो ।

त्यस्तै यस सिजनको च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै आइपीएस टाउन २२ बर्षपछि प्रिमियर लिगमा फर्किएको छ । यस अघि २००२ मा आइपिएस टाउन रेलिगेसनमा परेको थियो ।

त्यस्तै यस सिजनमा प्रिमियर लिगबाट लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै