• २०८१ असोज १२ शनिबार

यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

kharibot

जुम्ला । मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका दुई पुरुषको लेक लागेर ज्यान गएको छ ।

मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा र कम्फा गाउँका २१ वर्षीय सोबान बुढा रहेका छन् । दुवैको यार्सा टिप्न ठूलो काइकी पाटन क्षेत्रमा जाँदा लेक लागेर शुक्रबार राति मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले जानकारी दिएका छन् ।

दुई जना ठूलो कोइकीमा लेक लागेर सिकिस्त बिरामी परेको र सुरक्षाकर्मी र अन्य यार्चा संकलकहरूले उद्धार गरी तल मुगु गाउँतर्फ ल्याउँदै गर्दा बाटामै ज्यान गएको बताइएको छ । यो पटक मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा तीन जना यार्सा संकलकको मृत्यु भइसकेको छ। पाटन क्षेत्रमा अक्सिजन अभावले लेक लाग्ने र ज्यान जाने चिकित्सकको भनाइ छ।

दम, मुटु रोगी, श्वासप्रश्वाससम्बन्धी रोगको समस्याले ग्रस्तलाई यार्चा टिप्न जाँदा लेक लाग्ने बढी सम्भावना हुने चिकित्सकहरू बताउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै