• २०८१ असार ४ मंगलबार

रेमाल चक्रवात बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो, भारी वर्षाको चेतावनी

kharibot

काठमाडौँ । चक्रवाती आँधी रेमाल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो । रेमालको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ ।

बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो ।

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिएको छ । हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् ।

यो आँधी बंगलादेश र पश्चिम बंगाल हुँदै गइरहेको छ । यही कारणले आइतबार दिउँसोदेखि अर्को २१ घण्टा पश्चिम बंगालका एयरपोर्टहरूमा उडानहरू रद्द गरिएको छ। रेमालको प्रभाव बिहारमा पनि देख्न सकिन्छ । 

भारतको मौसम विभागले पश्चिम बंगाल, ओडिशा र लगभग सबै उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी पनि दिएको छ। रेमालको प्रभाव यी राज्यहरूमा आगामी दुई दिनसम्म रहन सक्छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै