• २०८१ असार ६ बिहीबार

सन्दीपको भिसा प्रकरण: अमेरिकी दूतावास घेर्ने चेतावनी

kharibot

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी- २० विश्व कप खेल्न जान नेपालस्थिति अमेरिकी राजदूतावासले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले लामिछानेलाई भिसा नदिइनु अन्याय भएको बताएका छन् ।

उनीहरुले लामिछानेलाई भिसा दिलाउन दवाब दिनका लागि भोलि दिउँसो १ बजे काठमाडौंको माइतीघरबाट नेपालस्थित अमेरिकन राजदूतावाससम्म शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिएको बताए । अभियन्ताहरुले लामिछानेलाई भिसा दिलाउन नेपालस्थित अमेरिकन राजदूतावासमा धर्ना दिने समेत बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अन्तर्राष्ट्रिय जगतले पत्याएको खेलाडी लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएकोप्रति आपत्ति जनाए । उनले भिसा नदिएको कारण सन्दीपले अभ्यास खेलहरु छुटाउन परेको बताए । उनले सन्दीपलाई भिसा नदिएको खण्डमा अमेरिकी राजदूतलाई नेपालका परराष्ट्रमन्त्रीले अमेरिका नै फिर्ता पठाइदिनुपर्ने उनको भनाइ छ ।

अमेरिकाले विश्वकप आयोजना गरेकाले नेपालको खेलाडी रोक्ने अधिकार नरहेको उनले बताए । उनले काठमाडौं उपत्यकाभित्र रहेका क्रिकेटप्रेमीहरुलाई भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा आइदिन अपिल समेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै