• २०८१ जेठ ९ बुधबार

जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट

kharibot

मुग्लिन (चितवन)।  चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । 

जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । मङ्गलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए ।  

स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए । आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र रु २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए ।

उनका अनुसार  चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै