• २०८१ बैशाख १८ मंगलबार

कांग्रेस नेता पौडेलको निधन

kharibot

गण्डकी। नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो । उनि त्यागी र निष्ठावान् राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए ।

कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका–२२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी थिए । उनका पत्नी, दुई छोरा र दुई छोरी छन् । 

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ । 

उनि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएका थिए ।

त्यस यता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बनेका थिए । 

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईसँग पराजित भएका थिए । 

नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै