• २०८१ बैशाख १७ सोमबार

कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला

kharibot

सुदूरपश्चिम । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् ।

स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए ।

“प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुगेका प्रहरी उपरीक्षक विष्टले भने, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै