• २०८१ बैशाख १५ शनिबार

कैलालीमा कुटपिटबाट युवकको मृत्यु, ६ जना पक्राउ

kharibot

धनगढी । कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । भने ६ जना पक्राउ परेका छन् । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोदाबरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२५ पुसमा दोहोरी साँझ गएका उनलाई घाइते अवस्थामा साथीहरुले घर लगिदिएका थिए । यसपछि परिवारले उनलाई उपचारका लागि धनगढीको  निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै क्रममा मृत्यु भयो । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतकका परिवारले मृतकका साथीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै