• २०८१ जेठ ६ आइतबार

साढे ३३ किलो सुन प्रकरण : भनिएका डेबिड भनिने छिरिङ वाङ्गेल घले जेल चलान

kharibot

काठमाडौँ । साढे ३३ किलो सुन र सनम शाक्यको हत्याका मुख्य अभियुक्त भनिएका डेबिड भनिने छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् ।

जिल्ला अदालत, मोरङले आइतबार आदेश दिँदै पुर्पक्षका लागि जेल चलान गरेको हो ।

सुन काण्डका अभियुक्त भुजुङ गुरूङका सालासमेत रहेका उनी आइतबार बिहान जिल्ला अदालत मोरङमा आफैं उपस्थित भएका थिए ।

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए।

तर छिरिङले आफ्नो बयानमा आफूले गोरेलाई नचिन्ने भन्दै आफू गोरेले भनेको अभियुक्त नभएको बयान दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै