• २०८१ बैशाख २४ सोमबार

३३ किलो सुन प्रकरणका आरोपीको १४ करोड अवैध सम्पत्ति, अख्तियारद्वारा मुद्धा दायर 

kharibot

काठमाडौँ । चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा निलम्बनमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामुले अवैधआर्जन गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले च्वामुले १४ करोड ६१ लाख अवैध सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।   

श्याम कृष्ण च्वामुको आम्दानीतर्फ :

२०५३/१२/०५ देखि अनुसन्धान अवधिसम्ममा श्यामकृष्ण च्वामु श्रेष्ठको पारिश्रमिक बचत रू.१८,१६,९४८।-, निज तथा एकासगोलका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा रू.३,४७,७६,४३९।-, ज्ञानकृष्ण श्रेष्ठले अवकाश हुँदा लिएको औषधी उपचार सुविधा रु.३,७३,३६९।-, ज्ञानकृष्ण श्रेष्ठको तलब रु.२०,४६,७०९।८५, ज्ञानकृष्ण श्रेष्ठको पेन्सन रु.१०,३६,९९५।७५, ज्ञानकृष्ण श्रेष्ठले विदेश भ्रमण गरी प्राप्त गरेको रु.६०,२२५।९०, सन्ध्या श्रेष्ठको पारिश्रमिक रु.३,७६,०८१।०५, रामकृष्ण श्रेष्ठको पारिश्रमिक बचत रु.१४,३९,८६७।७५, रविना प्रधानांगको पारिश्रमिक बचत रु.१२,६१,४२१।२२, तारादेवी श्रेष्ठको पारिश्रमिक बचत रु.५,३३,६७५।९०, जग्गा बिक्रीबाट रु.२,७९,७३,६८३।०७, फ्ल्याट बिक्रीबाट रु.१,५७,८७,३२०।- घरबहाल आयबाट रू.३४,००,०००।-, श्यामकृष्ण च्वामु श्रेष्ठले पदमा रहेर प्राप्त गरेको कमिसन रु.९,७८०।७०, सवारी साधनहरु बिक्रीबाट रु.५४,१६,३१०।- समेत गरी जम्मा रू.९,६३,०८,८२७।२० बैधानिक रुपमा आय आर्जन गरेको देखियो ।

श्याम कृष्ण च्वामुको खर्च तथा लगानीतर्फ

२०५३/१२/०५ देखि अनुसन्धान अवधिसम्ममा जग्गा खरिदमा रू.२,४६,३९,३२५।-, घर निर्माणमा रू.३,८६,१५,८८९।१७, अध्ययन खर्चमा रू.१०,६८,४०३।-, नमोबुद्द एग्रो प्रा.लिमिटेड समेतका कम्पनीमा गरेको लगानी रु.५,४७,६८,०००।-, ऋणको सावाँ व्याज भुक्तानीमा रू.३,७४,४४,८०६।५१, सवारी साधन खरिदमा रू.२,२६,१६,०००।-, बैंक मौज्दात रू.८६,१८,२७८।-, घरबहाल कर तिरेको रु.३,५५,४१४।३९, बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर रू.७१,९५०।-, फ्ल्याट खरिदमा रु.९२,२२,७५०।- र शेयर खरिदमा रु.३५,०००।- समेत गरी कुल रु.१९,७४,५५,८१६।०८ खर्च तथा लगानी गरेको तथ्य देखिन आई सो लगानीमा निजको श्रोत खुलेको आय रू.९,६३,०८,८२७।२० घटाउँदा देखिन आउने रु.१०,११,४६,९८८।८८ गैरकानूनी रुपमा आर्जन गरेको र उक्त श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको रु.४,४९,७७,४९०।- समेत गरी कुल जम्मा बिगो रु.१४,६१,२४,४७८।८८ बराबरको श्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले उल्लेख गरेको छ ।  

अख्तियारले श्यामकृष्ण च्वामु श्रेष्ठले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.१४,६१,२४,४७८।८८ (चौध करोड एकसठ्ठी लाख चौबीस हजार चार सय अठहत्तर रुपैया अठासी पैसा) भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।

साथै निज श्यामकृष्ण च्वामु श्रेष्ठले निजकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू बदनियत साथ राखेको तथा लुकाए-छिपाएको माथि विवेचित आधार कारण र प्रमाणहरूबाट देखिन आएको हुँदा निजहरूको नाममा राखेका स्रोत नखुलेको चल अचल सम्पत्तिहरू भ्रष्टाचार निवारण ऐन अन्तर्गत जफत गरी पाउन मागदाबी लिई र सो चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ, भाईबुहारी रविना प्रधानाङ्ग, श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठलाई समेत प्रतिवादी कायम गरेको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै