• २०८१ बैशाख २४ सोमबार

३३ किलो सुन प्रकरण : धरौटीमा छुटेका दुई जनालाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश

kharibot

विराटनगर।  चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि उच्च अदालत विराटनगरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । 

उच्च अदालत विराटनगरमा आज भएको बहसपश्चात् जिल्ला अदालत मोरङबाट निलम्बित एसएसपी श्यामबहादुर खत्रीका चालक विष्णुबहादुर खड्कालाई रु १५ हजार धरौटी र सुरक्षा गार्ड अम्बरबहादुर थापामगरलाई साधारण तारेखमा रिहा गर्न दिएको आदेश बेरितको भएकाले बदर गरेको हो । 

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजलासले ०७५ जेठ ८ गते भएको आदेश बेरितको देखिएकाले उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै